कोर्नवाल (संयुक्त अधिराज्य), ३० जेठ(बीबीसी) । विश्वका ७ धनी राष्ट्रहरु विपन्न मुलुकहरुलाई १ अर्ब मात्रा कोरोना भाइरस विरोधी खोप दिन सहमत भएका छन् ।
विश्वका शीर्ष ७ धनी राष्ट्रहरूको समूह जी ७ को हालै बेलायतको कर्नवाल विचमा भएको बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताउनुभएको हो।
ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उहाँले बताउनुभएको छ। उक्त परिमाणमा यूकेले दिने भनेको १० करोड मात्रा पनि समाविष्ट छ।
WATCH LIVE: my press conference at the @G7 Summit https://t.co/2sHrQiynit
— Boris Johnson (@BorisJohnson) June 13, 2021
‘विश्वलाई खोप लगाउने यो अर्को महत्त्वपूर्ण कदम हो’, बेलायती प्रधानमन्त्री जोनसनले भन्नुभयो।
पत्रकार सम्मेलनमा उहाँले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको भूमिकाको प्रशंसा गर्दै ‘विश्वकै सबैभन्दा लोकप्रिय खोप’ भन्नुभयो।
लागत मूल्यमै विश्वमा बेचिएको हुँदा यो निकै लोकप्रिय रहेको बताउँदै प्रधानमन्त्री जोनसनले आस्ट्राजेनेकाको यो कदमलाई ‘उदारतापूर्ण कार्य’ को सङ्ज्ञा दिनुभयो।
उहाँले कोभ्याक्स सुविधाअन्तर्गत दिइएका खोपमध्ये ९६ प्रतिशत अक्सफर्ड आस्ट्राजेनेका रहेको बताउनुभयो।








