काठमाडौंं, १८ माघ । भारतकी विदेश मन्त्री सुषमा स्वराज दुईदिने सद्भावना भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेकी छन् ।
भारतको विदेश मन्त्रालयले उनको यस भ्रमणलाई भारतको छिमेकी पहिलो नीति अन्तरगतको उच्च स्तरीय भ्रमण भनेको छ ।
,
विदेश मन्त्री नियुक्त भएयता यो उनको सातौ नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा उनले राष्टपति विद्यादेवि भण्डारी,प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेशवादी राजनीतिक दलका नेताहरु, पूर्व प्रधानमन्त्रीहरु लगायत अन्य पार्टीका अध्यक्षहरुलाई पनि भेट्ने कार्यक्रम रहेको बताइन्छ ।
नेपालमा स्थानीय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएयता भारतबाट भएको यो उच्च स्तरीय भ्रमण हो ।
हालै सम्पन्न निर्वाचनमा बामपन्थी गठबन्धनको विजय भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भावि प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीलाई एक महिनाको अवधिमा दुई पटक टेलिफोन सम्पर्क गरी उनको नेतृत्वमा बन्ने भावि सरकारसंग काम गर्न आफू प्रतिक्षारत रहेको पनि बताएका थिए ।
विगतमा नेपालमा संविधान जारी भएपछि मधेशी दलको माग संबोधन नभएको निहुँ देखाउदै भारतले मधेशका आन्दोलनकारीले भन्सार र सीमा नाकामा अवरोध सिर्जना गरेको बताउदै नाकाबन्दी समेत गरेको थियो ।
नेपाली जनताको ७ दशक लामो संघर्षपछि निर्वाचित संविधान सभाले बनाएको संविधानको स्वागत गर्न चुकेको भारतले नाकाबन्दीले नेपालमा सद्भाव गुमाउदै गएपछि ओली नै प्रधानमन्त्री रहेको बेलामा सम्बन्ध सुधारको प्रयास गरेको थियो ।
तर विनाकारण नाकाबन्दी भएपछि तात्कालीन सरकार चिनतिर ढल्कन बाध्य हुन गयो । यो कुरा भारतलाई पचिरहेको छैन ।
यसै बर्ष सम्पन्न तीनै तहको निर्वाचनमा एमाले बलियो स्थितिमा देखिएको र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बामपन्थी गठबन्धनको बहुमत आएपछि भारतलाई आउने सरकार चिनतिर ढल्कन्छ कि भन्ने आशंका लागेको देखिन्छ ।
विदेशीमन्त्री स्वराजको भ्रमण बामपन्थी दलहरुलाई भारतप्रति आकर्षित गर्नमा केन्द्रित रहने देखिन्छ ।
यो भ्रमणले संविधानका केही प्रावधानमा मतभेद देखाउदै संविधान निर्माणको अन्तिम समयतिर संविधान निर्माणको प्रक्रियाबाट अलग भई विरोधमा उत्रिएका मधेशावादी दलहरुको माग संविधान संशोधनबाट संबोधन गर्ने आश्वासन दिएर उनीहरुलाई सरकारमा सामेल गराउने मार्ग प्रशस्त गर्न पनि सक्छ ।
विदेश मन्त्री स्वराजको नेपाल भ्रमणको कुरा सतहमा नआउदै एमाले अध्यक्ष एवम् भावि प्रधानमन्त्रीका प्रवल दावेदार केपी ओलीले संविधान संशोधन सहित मधेशको माग संबोधन गर्न आफू तयार रहेको बताएका थिए भने त्यसको प्रत्युत्तरमा संविधान संशोधनमार्फत आफ्ना माग संबोधन गरिने प्रत्याभूति भएमा आफूहरु सरकारमा जान तयार रहेको अभिव्यक्ति संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दिएका थिए ।
Continuing the tradition of regular high-level visits between two countries ????, EAM Sushmaswaraj emplanes for Kathmandu on a 2-day visit to engage with the political leadership of Nepal to strengthen our unique relationship of friendship and cooperation
This will be EAM Sushma Swaraj‘s 7th visit to Nepal since assuming office in May 2014 affirming close bonds of friendship between our two countries.