Prakash Adhikari December 5, 2022

 

दोहा(कतार), १९ मंसिर । विश्वकपको अन्तिम १६ को खेलमा जापानलाई पछि पार्दै साबिक उपविजेता क्रोएसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो। उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। यससँगै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

Image

समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको थियो।

पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको थियो।

साबिक उपविजेता क्रोएसियाले दोस्रो खेलमा क्यानडालाई ४–१ ले पराजित गरेको थियो।

Share Now

Leave a comment.