Prakash Adhikari May 9, 2023

 

-नोना डेप्रेज

प्रत्येक वर्ष मे ९ मा हामी ‘युरोप दिवस’ मनाउँछौं । युरोपियन युनियनको यस राष्ट्रिय दिवस सुमन घोषणापत्र जारी भएको दिनमा मनाइन्छ । १९५० मा जारी भएको घोषणापत्रले आजको युरोपियन युनियनको जग बसाएको थियो ।

‘युरोप दिवस’ युरोपियन युनियनलाई नै एउटा शान्ति परियोजनाका रूपमा मनाइने उत्सव हो, जुन अन्तर्राष्ट्रिय मूल्यमान्यता र विधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छ । यस दिवसको अवधारणा दोस्रो विश्वयुद्धको विनाशपछि बनेको थियो ।

आज युरोपियन युनियन संयुक्त राज्य अमेरिका र चीनसँगै विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ । युनियन विश्वको राजनीतिक र आर्थिक प्रभावसहित मूल रूपमा संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय प्रणालीको प्रतिबद्ध समर्थक पनि हो । उदाहरणका लागि युरोपियन युनियन (ईयू) र संयुक्त राष्ट्रसंघ (यूएन) ले विश्वका विभिन्न भूभागमा विपद् व्यवस्थापनमा नजिक रहेर साझेदारी गर्छ । सन् २००३ मा युरोपियन युनियनले पहिलो नागरिक तथा सैन्य समूह परिचालनको दौरानमा दुवै संस्थाले विपद् व्यवस्थापनमा ईयू-यूएन साझेदारीको संयुक्त घोषणापत्र जारी गरिएको थियो । त्यसयता यी दुवै संस्थाले साझेदारीलाई सबल बनाएका छन् । डिसेम्बर २०२१ मा इयु र युएनले सन् २०२२-२०२४ सम्मका लागि शान्ति कार्यक्रमहरू र विपद् व्यवस्थापनमा साझेदारीका प्राथमिकताहरू नवीकरण गरेका छन् । सन् २०२२ मार्चमा अंगीकार गरिएको इयु स्ट्राटेजिक कम्पासले नयाँ प्राथमिकताहरूका आधारमा सबलीकृत ईयू-यूएन रणनीतिक साझेदारीको आह्वान गरेको छ।

सन् २००३ बाट युरोपियन युनियनले नागरिक तथा सैन्य क्षमता उपयोग गर्दै ३० वटा अन्तर्राष्ट्रिय मिसन सञ्चालन गरिरहेको छ । कमन सेक्युरिटी एन्ड डिफेन्स पोलिसी (साझा सुरक्षा र प्रतिरक्षा नीति) को हिस्साका रूपमा यस्ता मिसन तीन महाद्वीपहरू (युरोप, अफ्रिका र एसिया) मा सञ्चालित छन् ।

युरोपियन युनियनका सन्धिहरूमा द्वन्द्व रोकथाम र शान्ति कायम गर्नेदेखि विपद् व्यवस्थापन, संयुक्त निशस्त्रीकरण कार्यक्रम र द्वन्द्वपश्चात् स्थिरीकरण जस्ता काम तय गरिएको छ ।

युरोपियन युनियनले हालै विश्वव्यापी रूपमा रहेको लगानी खाडल घटाउनका लागि सकारात्मक इयु लगानी प्रस्तावसहित ‘ग्लोबल गेटवे’ सुरु गरेको छ । ‘ग्लोबल गेटवे’ ले सन् २०२१ जुनमा जी७ नेताहरूले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको छ । यसमा विश्वव्यापी पूर्वाधार विकासका आवश्यकता पूर्तिका लागि मूल्यमान्यता निर्देशित, उच्च गुणस्तर र पारदर्शी पूर्वाधार साझेदारीको गर्ने सुरुवात कुरा उल्लेख छ।

ग्लोबल गेटवे यूएनको एजेन्डा २०३० र दिगो विकासका लक्ष्यहरूसँगै पेरिस सम्झौता (एग्रिमेन्ट) सँग मिल्दो छ ।

साझेदार देशहरूमा विश्वासिलो सञ्जाल (कनेक्टिभिटी) को युरोपियन मोडल दीर्घकालीन र इयुको रुचि र मूल्यमान्यताअनुरूप छ । यस्ता मूल्यमान्यतामा विधिको शासन, मानवअधिकार र अन्तर्राष्ट्रिय मानक र स्तर आदि रहेका छन् । ‘ग्लोबल गेटवे’ले निम्न कुरा समेट्छ :

* गुणस्तरीय पूर्वाधारमा स्मार्ट, स्वच्छ र सुरक्षित लगानी

* विश्वभरका मानिस, वस्तु र सेवाहरूलाई दिगो रूपमा जोड्ने

नेपालमा ध्वजावाहक ग्लोबल गेटवेले शिक्षा, पोषण, पानी र स्वच्छता र नवीकरणीय ऊर्जामा लगानीमार्फत हरित पुनरुत्थान प्रवर्द्धन गर्छ ।

यस वर्ष हामी मानवअधिकारको विश्वव्यापी घोषणापत्रको ७५ औं वर्षगाँठ मनाउँछौं । यसैले युरोप दिवसका अवसरमा युरोपियन युनियन दिगो विकासको निर्देशकका रूपमा व्यापार र व्यवसायमा केन्द्रित हुँदै बहुपक्षीयता र संयुक्त राष्ट्रसंघका तीनवटा महत्त्वपूर्ण खम्बा मानवअधिकार, शान्तिसुरक्षा र विकासमा सहायताहरूका सन्दर्भमा पुनः प्रतिबद्धता व्यक्त गर्दछ ।

वास्तवमै मानवअधिकारको विश्वव्यापी घोषणापत्र दिगो विकाससँग जोडिएको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई दरिलोसँग आत्मसात् गरेको २०३० एजेन्डा र दिगो विकासका लक्ष्यहरूले विश्व समुदायलाई समावेशी विकासको दिशा प्रदान गर्दछन् ।

यसै कारण यो वर्ष युरोपियन डेलिगेसनले युरोप दिवस र सप्ताहको अवसर पारेर मे ८ देखि विभिन्न कार्यक्रम आयोजना गर्दै छ । यसलाई हामीले नेपाल – युरोप सप्ताहको संज्ञा दिएका छौं ।

मे ८ र ९ मा ‘बिजनेस फोरम’ आयोजना गरिनेछ । मे १० व्यवसाय र मानवअधिकार गोलमेच आयोजना हुनेछ । यो र नेपाल बिजनेस एन्ड ह्युमन राइट्स नेसनल एक्सन प्लानको शुभारम्भसँगै हुने आशा छ । यसका साथै काठमाडौं स्कुल अफ लमा ‘डिसेन्ट वर्क एजेन्डा’ विषयक प्रवचनसमेत हुनेछ ।

नेपाल-युरोप सप्ताहको मुख्य उदेश्य नेपाललाई हरित, लचक र समावेशी विकास प्राप्तिमा सहयोग गर्नमा युरोपियन युनियनले के गर्दै छ भन्ने सूचना प्रसार गर्नु रहनेछ । साथै सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति गर्ने नेपालको लक्ष्यमा सहयोग गर्न टिम युरोप (युरोप समूह) को भूमिकाबारे पनि सूचना प्रवाह गरिनेछ । युरोपियन युनियनका लागि विशिष्ट दिनको अवसरमा हामी हाम्रो सम्बन्धलाई मजबुत बनाउन संलग्न रहनेछौं, जसले इयु र नेपाल सँगसँगै थप बलियो हुँदै जानेछन् ।

(नेपालका लागि युरोपेली युनियन डेलिगेशनकी राजदूत महामहिम हुनुहुन्छ ।)

Share Now

Leave a comment.