हाम्रो बारे

आम नागरिकलाई सुसूचित गर्ने उद्देश्यले आशा मिडिया प्रा. लि. को स्थापना भएको हो ।
आशा जीवनप्रतिको अनुराग हो । आशा सुखद् परिकल्पना पनि हो । यो उषा किरण हो । नविनताको प्रतीक हो । वर्तमानको कर्म र भविष्यको परिणामको अपेक्षा हो । आशा जीवनको सार हो ।

यही सुखद् भविष्यलाई सुनिश्चित र सुरक्षित गर्ने अभियान स्वरुप आशा मिडियाको पहिलो प्रस्तुतिको रुपमा आशा खबर प्रकाशनमा आएको छ । यसले यलोकतान्त्रिक मूल्य,मान्यता,अभ्यास र परम्परा सहितको कानुनी राजका माध्यमबाट सुशासन कायम गरि मुलुकलाई समुन्नतिको शिखरमा पुर्याउने मार्ग देखाउने छ । सत्प्रयासहरुलाई साथ दिने छ । समाजमा सदाचारलाई प्रबद्र्धन गर्नेछ ।
सञ्चारको क्षेत्रमा आएको प्रविधिगत विकासलाई आत्मसात गर्दै आम नागरिकलाई सुसूचित गर्ने र मुलुकलाईसमृद्धितर्फ डोर्याउने सदाशयले आरम्भ भएको छ, आशा ।

समस्त नेपालीको भविष्य सुनिश्चित गर्ने अभियान हो आशा । सबैको मुटुको ढुकढुकी हो, आशा । सबैको मन र मस्तिष्कको असीमित परिकल्पना हो आशा । सबैको नयनदृष्टि हो आशा ।

सत्विचार र सद्व्यवहारका लागि हामी सबैको साथमा रहने छौ । हामीलाई सबैको साथ र सहयोग आवश्यक छ ।
लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने हरेकले आफूसंग भएका ज्ञान,सूचना,तस्वीर र विचार दिएर सघाउनु हुने विश्वास हामीले लिएका छौ ।

Share Now