सातदोबाटो(ललितपुर), ९ भाद्र । साफ यू २० च्याम्पियनसिप अन्तर्गत आज नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानसंग खेल्दै छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ।
समूह एको विजेता बनेर सेमिफाइनल पुगेको नेपाल आज समूहबीबाट उपविजेता बनेर आएको भुटानलाई हराउँदै रणनीतिमा छ।
नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो।
पहिलो खेलमा भारतसँग २–१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो।


















