Prakash Adhikari August 27, 2024

काठमाडौं, ११ भाद्र । मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। यस दिन धितोपत्र बजार परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा आइपुगेको छ ।

शेयर बजारका खेलाडीहरु अल्पकालीन लगानीकर्ता नाफा बुक गर्न अग्रसर भएकोले बजार घटेको बताउछन् । बजारमा देखिएको उच्च बिक्री चापले पनि त्यहि तर्कलाई सपोर्ट गरेको छ ।

धितोपत्र बजार परिसूचकसँगै शेयर कारोबार रकम पनि यस दिन अघिल्लो कारोबार दिनको तुलनामा घट्दै गएको छ। मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँमा नै सिमित भएको छ। यस दिन ३ सय ३० स्क्रिप्टको ४ करोड ३८ लाख ६८ हजार ९ सय ७० कित्ता शेयरको खरिद बिक्रीबाट १८ अर्ब ६४ लाख ९५ हजार ३३ हजार रुपैयाँको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबारमा आएका १३ उपसमूह मध्ये यस दिन १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ। मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लगानी उपसमूहको सूचक ४ प्रतिशत भन्दा धेरैले घटेको छ।

घटेको बजारमा पनि तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्ती पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस्तै थ्रीस्टार हाइड्रोपावर ९.८१ प्रतिशतले, कर्णाली विकास बैंक ९.४५ प्रतिशतले,विननेपाल लघुवित्त ६.९७ प्रतिशतले,माथिल्लो मैलुड.खोला जलविद्युत ४.८५ प्रतिशतले,ओरियण्टल होटल ३.५२ प्रतिशतले र एनआईबी समृद्धि फण्डको शेयर मूल्य ३.१३ प्रतिशतले बढेको छ ।

यता नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावरको ८.५८ प्रतिशत र नेश्नल हाइड्रोपावरको ७.६७ प्रतिशतले घटेको छ। त्यस्तै नेशनल हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, बरुण हाइड्रोपावर,छ्रयाड.दीको शेयर मूल्य ७ प्रतिशत बढी सिंगटी, हिमालयन ऊर्जा र अरुण काबेली पावरको शेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घटेको छ ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ४२ लाख, अपी पावरको ५१ करोड ७५ लाख र अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै नेपाल फाइनान्सको ४१ करोड ५५ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३३ करोड ४६ लाख, शिवम् सिमेन्टको ३३ करोड ११ लाख, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेण्ट कम्पनीको ३२ करोड ६३ लाख, अपर तामाकोशीको ३१ करोड ६९ लाख, रिभरफल्स पावरकोको ३१ करोड १४ लाख र सानिमामाई हाइड्रोपावर कम्पनीको २८ करोड ४९ लाख रुपैयाको शेयर कारोबार भएको छ ।

Share Now