काठमाडौँ, २५ भदौ । नेपालको शेयर बजार लगातार पाँच कारोबार दिनदेखि ओरालो लागिरहेको छ ।
आज धितोपत्र बजार परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा आइपुगेको छ
आज विभिन्न कम्पनीका ३ सय २८ स्टकको १करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयरको खरिदबिक्रीबाट रु ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१ बराबरको कारोबार भएको छ ।
आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो ।
आज व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ११, विकास बैङ्क शून्य दशमलव ६९, वित्त शून्य दशमलव ९९, जलविद्युत् शून्य दशमलव ७१, लगानी शून्य दशमलव ५३ र जीवन बीमा समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ९१, निर्जीवन बीमा शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरे घट््नेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ८२ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु २९ करोड ८१ लाख ५४ हजार बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ ।
–––


















