काठमाडौँ, २९ भदौः नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ । यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन हुन लागेको हो ।
यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाले जानकारी दिएको छ । “अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान गरिने खोज तथा उद्धारलाई यप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरुका सम्बन्धमा ज्ञान आदानप्रदान हुनेछ,” नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन् ।”
नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यास सञ्चालन हुँदै आइरहेका छन् । सन् २०१२ देखि सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो ।
नारायण अधिकारी / रासस चितवन, २४ असोजः मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]