काठमाडौं, ७ असोज । एभरेष्ट बैंकका सेयरधनी बनेर गत आर्थिक बर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने जनाएको छ । बैंकले आजसम्म कायम रहने सेयरधनीले साधारण सभामा सहभागी बन्न पाउने र कम्पनीले तोकेको लाभांश पाउने जानकारी दिएको छ ।
एभरेष्ट बैंकको बार्षिक साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले शेयरधनीहरुलार्इ १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।


















