Prakash Adhikari June 22, 2018

 

मस्को (रुस), ८ असार (एजेन्सी) । रुसमा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत समूह ई को आफ्नो दोस्रो खेलमा ब्राजिल र कोष्टारिकाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्।

पिटर्सवर्ग स्टेडियममा भइरहेको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएको ब्राजिलले गोल गर्ने केही राम्रा मौका गुमाउँदा अग्रता लिन सकेन।

नकआउट चरण प्रवेशका लागि आज ब्राजिल र कोष्टारिका दुबैलाई स्पष्ट जितको आवश्यक छ।

समूहको पहिलो खेलमा आशा अनुसारको प्रदर्शन गर्न नसकेको ब्राजिल आज सेन्ट पिटर्सवर्ग स्टेडियममा कोष्टारिकाविरुद्ध आफ्नो स्वभाविक खेल देखाउन चाहान्छ।

यता उत्कृष्ट लयमा रहेको कोस्टारिकाले पनि रूस विश्वकपको आफ्नो पहिलो खेलमा राम्रो सुरुवात गर्न सकेन। त्यसैले आज बलियो ब्राजिलविरूद्ध सवै शक्ति खर्च गर्ने कोष्टारिकाको लक्ष्य रहेको छ।

पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो। कोस्टारिकालाई भने सर्वियाले पराजित गरेको थियो।

Share Now

Leave a comment.