Prakash Adhikari October 31, 2017

काठमाडौ, १४ कार्तिक । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँड टुंगो लागेको छ।

फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो।

दुई दलबीच भएको सहमतिअनुसार फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र बाँडफाँट भएको छ ।

दुवै पार्टीले सामूहिक उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने निर्णय गरेका हुन।

प्रदेशसभामा फोरमले ३५ र राजपाले २९ निर्वाचन क्षेत्र पाएको छ। ‘

लोकतान्त्रिक गठबन्धन गर्न प्रयासरत मधेशकेन्द्रित दलहरुले पार्टीका शीर्ष नेताहरू लड्ने निर्वाचन क्षेत्रमा उम्मेदवारी नेदिने अनौपचारिक सहमति गरिसकेका छन र अन्य निर्वाचन क्षेत्रमा पनि अधिकतम् सहमति गरेर जान प्रयास भइरहेको छ ।

Share Now

Leave a comment.