काठमाडौं, ११ मंसिर । जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सीजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ ।
झन्झन्जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सि.जीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको छ ।
जाडो मौसममा तातो पानी पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।
त्यसैगरि सीजीद्वारा बजारमा सर्वत्र उपलब्ध गराइआएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ । साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सी.जीको वासिड. मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ । अन्ततः सीजी र सीजी मेरिडियाको गिजरको प्रयोग गरी तातो पानीले नुहाउँदा आनन्द महसुस हुनका साथै एसीको प्रयोग गरी न्यानो रहन पनि सहज हुनेभएको छ । सीजीले आफना विन्टर प्रोडक्ट्सहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ ।
जाडोमा न्यनोपनको अनुभूति गर्न, एवम ्चिसो मौसमबाट बच्न आजै आफ्नो नजिकैको सीजी स्टोरमा गएर अथवा घरै बसिबसी सीजीको वेभसाइटबाट सीजीका नयाँ विन्टरप्रोडक्ट्सहरु खरिद गर्न सक्नुहुनेछ ।


















