कीर्तिपुर(काठमाडौं), २५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तरगत भएको १६ खेल लुम्बिनी लायन्सले जितेको छ । आज बिहान आरम्भ भएको खेल प्रतिस्पर्धी चितवन राइनोजलाई ३३ रनले पछाडि पार्दै लुम्बिनी लायन्सले जितेको हो ।
टस हारेर ब्याटिड.को निम्तो पाएको लुम्बिनीले चितवन राइनोजलाई १ सय ६८ रनको लक्ष्य लिएको थियो । तर २० ओभरको निर्धारित खेलमा चितवन राइनोजले ८ विकेटको क्षतिमा १ सय ३४ रनमात्र जोड्न सक्यो ।
चितवनका लागि लुक बेन्केन्स्टेनले ३१, नर सार्कीले २२, कप्तान कुशल मल्लले २०, रिजन ढकालले १५, रवि बोपाराले १२, सन्तोष कार्कीले १०, जोन निकोल लफ्टि एटन र अमर राउटेलाले ६।६, विपिन रावलले ५, सोहिल तनविरले १ रनको योगदान दिए ।
चितवनलाई रोक्ने क्रममा कप्तान रोहित पौडेलले ४, रामन सिमोण्डले २, सादविन जाफर र अभिषेक गौतमले एक एक विकेट लिए ।
खेलमा ८० रन जोडेर ४ विकेट लिने अलराउण्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए ।
यस पहिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेलमा मैदानमा टस हारेर ब्याटिड।को निम्तो पाएको लुम्बिनी लायन्सले २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ६७ रन जोडेको छ ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन जोडे । उनले ५७ बलमा ५ छक्का र ६ चौकाका मद्दतले ८० रन बनाएका थिए । खेलमा साद विन जाफरले ५२ रन बनाए । उनले ३५ बलमा ४ चौका र एक छक्का हिर्काएका थिए । लुम्बिनीका लागि अर्जुन साउदले १५, टम मूरले १०, सन्दीप जोराले ४, आशुतोष घिराइयाले १ रनको योगदान गरे भने उन्मुक्त चन्द शून्य रनमा आउट भए ।
लुम्बिनीलाई रोक्ने क्रममा चितवनका रिजन ढकालले तीन तथा कुशल मल्ल र रन्जित कुमारले एक एक विकेट लिए ।
चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।
यस्तै लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।


















