कीर्तिपुर(काठमाडौं), २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आज सम्पन्न दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ ।
जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुरका लागि जेम्स निसमले सर्वाधिक २७ रन जोडे ।े हर्ष ठाकरले २५ लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३, अनिल साहले ११, शुभ कंशाकारले ५ , आरिफ शेखले २ रन जोडे ।
जनकपुरंलाई रोक्ने क्रममा काठमाडौंका कप्तान करन केसीले २ तथा साहब आलम, गेर्हार्ड इरास्मस र दीपेश कँडेलले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ रन जोडे । खेलमा स्टेफेन एक्सिनाजीले १७ रन, माइकल लेभिट ८ रन, रसिद खान ७ रन , प्रतीक श्रेष्ठ ६ रन, भीम सार्की ४ रन र साहब आलम ८ रनमा नटआउट रहे भने दीपेश कँडेल र सुमित महर्जनले खाता खोल्न सकेनन् ।
काठमाडौंलाई रोक्ने क्रममा जनकपुरका ललित राजवंशी र शेर मल्लले समान ३। ३ , मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ । १ विकेट लिए ।
यस अगाडि जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।
जनकपुरले आफ्नो अन्तिम खेल आइतवार चितवन राइनोजसँग खेल्नेछ भने काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ।