काठमाडौं, ३० मसिर । पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। खेलमा नेपालको हेल्प नेपाल उपविजेता भएको छ । तेस्रो स्थान इरानको क्लबले लिएको छ।
शनिवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबमाथि ३-१ को सहज नतिजा निकाल्दै भारतको क्यालिकट क्लब उपाधि जित्न सफल भएको हो।
क्यालिकटले खेलमा घरेलु टोली विरूद्ध राम्रो सुरूवात गर्यो। २५-२१ ले पहिलो सेट क्यालिकटले जित्यो। दोस्रो सेटमा नेपाल खेलमा फर्कन सफल रहयो।
२६-२४ ले दोस्रो सेट जित्दै खेललाई १(१को बराबरीमा पुर्यायो। तर यसपछि हेल्प नेपालले लय गुमायो।
क्यालिकट अटयाकमा अब्बल रहयो। नेपाल डिफेन्स र ब्लकमा नेपाल सम्हालिन सकेन । क्यालिकटले दोस्रो सेतमा २५-१४ र तेस्रो सेटमा २५-१७ जित निकाल्यो ।
क्यालिकट लिग चरणमा तेस्रो हुँदै र नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा क्यालिकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीलाई हराएका थिए।
इरान तेस्रो
इरान यु १८ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई सोझो सेटमा हराउँदै इरानी टोली तेस्रो भएको हो।
लिगको चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको क्लब एचडीसीले इरानको युवा टोलीलाई कडा चुनौती दियो। तर जित निकाल्न भने सकेन। २५-२१ ले पहिलो सेट इरानको यु-१८ टोली जित्यो।
खेलमा फर्कन आतुर एचडीसीले दोस्रो र तेस्रो सेटमा निकै मिहिनेत गर्यो। । तर दोस्रो सेट २५-२७ ले गुमायो। यसपछि तेस्रो सेट पनि २७-२५ ले एचडीसीले गुमायो ।
सेमिफाइनलमा इरानी टिम भारतको क्यालिकट र एचडीसी नेपालको हेल्प नेपालसँग हारेका थिए।