काठमाडौँ, १ पुसः पूर्व मन्त्री एवम् काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ ।
निवासमै निधन भएको थियो ।
पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान सिंहको
नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ । उहाँको आजै अन्त्येष्टि गरिनेछ ।
नेपाली कांग्रेसका नेता लौहपुरुष गणेशमान सिंहका सहयोगीका रुपमा उहाँकै निवास चाक्सीबारीमा बस्दै आउनुभएका पूर्वमन्त्री एवम् पूर्वमेयर सिंहको चाक्सीबारी निवासमा नै निधन भएको थियो ।
सिंहको निधनमा कामपामा शोक बिदा
काठमाडौँ महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा आज शोक बिदा दिएको छ । उहाँको ८७ वर्षका उमेरमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।
कामपाको सहायक प्रवक्ता धुव्रकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा कामपाको केन्द्रीय कार्यालय र मातहतको सबै वडा कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
२०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो ।
कांग्रेस कार्यालयमा अन्तिम श्रद्धाञ्जलीको व्यवस्था
काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्न लागिएको हो ।