Prakash Adhikari December 20, 2024

 

नयाँदिल्ली(भारत), ५ पौष । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज भारतमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई संबोधन गर्नुहुने भएको छ ।

उहाँ युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली आउनु भएको हो।

उहाँ नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनुहुनेछ । उहाँ आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

Share Now