Prakash Adhikari January 21, 2025

काठमाडौँ, ८ माघ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड, ले ग्राहकहरूको यात्रा अनुभवलाई थप सहज बनाउनका लागि “ट्राभल मेनु” सार्वजनिक गरेको छ। यो नयाँ सेवा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलको उपस्थितिमा एक विशेष कार्यक्रम मार्फत सुरू गरिएको हो।

कार्यक्रममा सीईओ धरेलले “ट्राभल मेनु” ग्राहकहरूको आवश्यकता र चासोलाई ध्यानमा राखेर तयार गरिएको बताउँदै, यसले ट्राभल योजनालाई सरल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। ट्राभल मेनुले कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवा, जस्तै घरेलु तथा अन्तर्राष्ट्रिय ट्राभल प्याकेजहरू, हवाई टिकट बुकिङ, भिसा सहायता, र MICE (Meetings, Incentives, Conferences, and Exhibitions) सेवा एकै ठाउँमा प्रस्तुत गरेको छ।

घरेलु ट्राभल प्याकेजमा Langtang Trek (9N/10D), Mardi Himal Trek (4N/5D), Explore Rara Lake (5N/6D), Annapurna Base Camp Trek (9N/10D), र Adventure to Everest Base Camp (13N/14D) जस्ता रोमाञ्चक ट्रेकहरू समावेश छन्।
अन्तर्राष्ट्रिय यात्राको लागि, ग्राहकहरूले Magical Bali Tour (6N/7D), Combo Asia Tour (Thailand, Malaysia, and Singapore – 9N/10D), Japan Tour (Tokyo and Kyoto – 6N/7D), र Europe Tour (11N/12D) जस्ता आकर्षक प्याकेजहरू छनोट गर्न सक्नेछन्। विशेषगरी, युरोप टुरले France, Belgium, Netherlands, Italy, Switzerland, and Germany समेटेर यात्रुहरूको अनुभवलाई थप स्मरणीय बनाउनेछ।

गुरु ट्राभल्सले आफ्नो नवीनतम कदमद्वारा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्दै नेपालको ट्राभल क्षेत्रमा सशक्त स्थान बनाउन खोजेको छ। “ट्राभल मेनु”ले ग्राहकहरूको समय बचत गर्दै उहाँहरूको आवश्यकता एकै ठाउँमा पूरा गर्ने लक्ष्य राखेको छ।

Share Now