![](https://aashanews.com/wp-content/uploads/2025/02/CYC-attariya-Arjun-Cup.jpg)
धनगढी(कैलाली), २८ माघ । अर्जुन ट्रफीको फाइनलमा आज भएको खेलमा सीवाइसी अत्तरियाले फ्रेण्डस युथ क्लब डडेल्धुरासामु १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी फाइनलमा टस
जितेर सीवाइसीले पहिले ब्याटिङ गर्यो। निर्धारित २० ओभरको खेलमा उसले ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो।
सीवाइसीले सुरुवात राम्रो गर्न सकेन्। पहिलो पावर प्लेमा १ विकेट गुमाएर मात्र ३१ रन बनायो। ओभरको दोस्रो बलमा त्रितराज दास खाता नखोल्दै अजय चौहानको बलमा आउट भए।
पहिलो विकेट गुमाउँदा सिवाइसीले १ रन मात्र बनाएको थियो। यसपछि कप्तान सन्तोष कार्की र शंकर रानाले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे। सन्तोष र शंकर समान २० रन बनाए ।
लगत्तै भीम सार्की पनि १० रन जोडेर अभिषेकको बलमा एलबीडब्लु धरापमा परे। ५२ रन जोड्दा ४ विकेट गुमाएको सीवाइसी दबाबमा परेको थियो।
दीपेश कँडेल ७ रनमा, विवेक यादव ११ रनमा आउट भए। यसपछि रसिद खान सन्दीप क्षेत्रीले सातौं विकेटको लागि ३४ रनको महत्वपूर्ण साझेदारी गरे। सन्दीप १२ रनका आउट भए।
सातौं क्रमका ब्याटर रसिद खानले २१ बलको सामना गर्दै ३ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ३१ रनको पारी खेले। उनी रन आउट भए ।
सीवाईसीलाई रोक्ने क्रममा डडेल्धुराका अभिषेक गौतमले बलिङमा उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १र१ विकेट लिंदा दुई खेलाडी रन आउट भए। सी
वाइसी अपराजित रहँदै फाइनलमा पुगेको टोली हो।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्।