Prakash Adhikari March 8, 2025

काठमाडौ, २४ फागुन । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरी मनाएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को नारा, “सबै महिला र चेलीबेटीहरूको लागिः अधिकार, समानता, र सशक्तिकरण“ बिषयबस्तुमा आफ्नो ऐक्यबद्घता तथा समर्थन जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा संचालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरुलाई उहाँहरुको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सम्मानित गर्नुभएको हो ।

प्रत्येक वर्ष मार्च ८ मा, विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको पूर्ण सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, नारीहरूलाई प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँच मार्फत सशक्तिकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई चुनौती दिदै बाधाहरू हटाएर लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने उद्येश्य समावेश छ ।

प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरुमा सुगारिका के.सी (पूर्व मिस नेपाल÷ कर्पोरेट प्रशिक्षक÷ प्रोफेशनल एमसी), सरिता श्री ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोवर्धन (पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्कान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोब्र्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक – ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी – आमाको अचार), सोनिका मानन्धर (टेक बिजनेस – एएलओआई) तथा रम्भा श्रेष्ठ (नि. अध्यक्ष – नेपाल महिला उद्यमी संघ, ललितपुर) रहनुभएको छ । पुरस्कृत सबैजना आ–आफ्नो क्षेत्रमा कठिन परिश्रम मार्फत उन्नति, नेतृत्व, नवप्रवर्तन गर्दै नेपाली समाजमा मात्रै नभई राष्ट्रीय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रेरणा दिने महिलाका रुपमा चिनिनुहुन्छ ।

प्रभु क्यापिटल मर्चेन्ट सम्बन्धी सेवा प्रदान गर्ने संस्था हो जसले आफ्ना सेवा तथा उत्पादनहरु संगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ । जसले पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्दछ भने सेवा मध्ये शेयर लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ । “महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलको “प्रभु ऐश्वर्या योजना” पिएमएस योजना समेत सञ्चालनमा रहेको छ ।

Share Now