Prakash Adhikari July 23, 2018

ललितपुर, ७ साउन । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले कानून मन्त्री शेरबहादुर तामाड.को राजिनामाको माग गर्दै देशब्यापी आन्दोलन चर्काउने भएको छ ।

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले सोमबार एक विज्ञप्ति प्रकाशित गरि मन्त्रीको राजिनामा नआएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

कानून मन्त्री तामाड.ले आइतबार एक सार्वजनिक कार्यक्रममा बंगलादेशमा ःएमबीबीएस अध्ययन गर्न गएका छात्राहरुले आफ्नो अस्मिता सुम्पनुपरेका सन्दर्भ उठाउनुभएको थियो ।

https://youtu.be/O2aIystKrHE

मन्त्रीको अभिब्यक्ति सरकारकै अभिब्यक्ति मानिन्छ । मन्त्री तामाड.को अभिब्यक्तिले झापाको बी एण्ड सी मेडिकल अस्पतालका सञ्चालक दुर्गा प्रसाईको अमर्यादित अभिब्यक्तिले सल्काएको आगोमा घ्यू थपेको छ ।

आफ्नो अस्पतालाई मेडिकल अस्पताल बनाउन प्रयासरत प्रसाईले नयाँ मेडिकल कलेजको औचित्य पुष्टि गर्ने सन्दर्भमा नेपाली विद्यार्थीहरु बंगालादेशमा चर्को शुल्क तिरेर जानुपरेको र छात्राहरुले शैक्षिक प्रमाणपत्र प्राप्त गर्न आफ्नो अस्मिता बेच्नुपरेको बताउदा त्यसले देशभित्र र बाहिर पनि व्यापक प्रतिक्रिया जन्माइरहेको छ ।

यो प्रकरणमा कानूनमन्त्री तामाड. मुछिन आएपछि यो झनै संवेदनशील किन भएको छ भने उहाँ प्रतिनिधिसभाको तीन चौथाई समर्थन प्राप्त बर्तमान सरकारको कानून मन्त्री हो । उहाँको अभिव्यक्ति सरकारको धारणाको प्रतिनिधित्व गर्दछ । यो विषय नेपाली नारी, वंगलादेशमा अध्ययन गर्ने छात्रासंग मात्र हैन, बंगलादेशको विश्वविद्यालय, त्यहाँका प्राध्यापक, त्यहाँको शैक्षिक मापदण्ड,सामाजिक मर्यादा जस्तो द्धिपक्षीय कुटनीतिक सम्बन्धसंग जोडिन पुगेको छ ।

मन्त्री तामाड.ले आफनो अभिव्यक्ति विवादमा आएपछि माफी त मागेका छन् तर विवादले राष्टिय सीमा नाघेर द्धिपक्षीय कुटनीतिक सम्बन्धमा समेत असर गर्ने अवस्था आएकोले नैतिकताका आधारमा उहाँको पदत्यागबिना यो विषयले विश्राम पाउने अवस्था देखिदैन । ११ गतेसम्म स्थगत भएको संघीय संसदको अधिवेशन सुरु भएपछि यसलाई नेपाली कांग्रेस, राष्टिय प्रजातन्त्र पार्टी र राष्टिय जनता पार्टी लगायतका दलहरुले चर्को रुपमा उठाउने भएका छन् ।

नेपाल महिला संघले भनेको छ, मन्त्री जस्तो गरिमामय पदको जिम्मेवारी वहन गरेका मन्त्री शेरबहादुर तामाङ्गले छात्राहरुको अस्मितामा आँच पुग्ने गरी विना कुनै प्रमाण हचुवाको भरमा “वंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरुले शरिर बेचेर मात्र सर्टिफिकेट ल्याउँछन्” भनि सार्वजनिक कार्यक्रममा प्रत्यक्ष रुपमा नै दिएको अत्यन्त अमानवीय, क्रूर र व्यभिचारी अभिव्यक्तिले लामो समयदेखि बंगलादेश र नेपालबीच रहेको मैत्रिपूर्ण सम्वन्धलाई नै प्रभावित पार्ने देखिन्छ । यसको जिम्मेवारी ओली सरकारले लिनुपर्ने छ ।

नेपाल महिला संघले सो अभिव्यक्तिको घोर निन्दा दम्भ र घमण्डले उन्मत्त भएर आफ्नो पदीय दायित्वलाई ख्यालै नगरी मनपरी बोल्ने मन्त्रीको तत्काल वर्खास्तीको माग गरेको छ ।

यसका साथै चिकित्सा शास्त्र विधेयक वारेमा सरकारको अधिनायकवादी प्रवृत्ति, आकासिदो मंहगी र कानून मन्त्रीको राजिनामाको माग गर्दै संघले ७७ वटै जिल्लामा विरोध कार्यक्रम गर्ने निर्णय गरि र निर्देशन दिईसकेको जनाएको छ ।

महिला सांसदहरुले राखे कारबाहीको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले नारीको अस्मिता र कानूनको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको राजिनामा माग गर्दै दुई तिहाईको दम्भ भएको बर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमा के बोल्ने र के नबोल्ने रु भन्नेबारे जानकारी नभएको बताउनुभयो ।

उहाँले मन्त्रीको अभिव्यक्तिलाई पुष्टि गर्न सरकारलाई चुनौति दिंदै जथाभाबी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो ।
सांसद लक्ष्मी परियारले कानूनमन्त्रीलाई कारबाही नभए सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतले कानून मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गर्नुभएको थियो ।

 

 

Share Now

Leave a comment.