Prakash Adhikari July 26, 2018

 

धुन्चे(रसुवा) १० साउन। रसुवामा पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ४ जनाको ज्यान गएको छ भने ११ जना हराइरहेका छन् । पहिरोमा परि ४ जना घाइते भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेमा गएको पहिरोले प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र होटल तथा अस्थायी घर पुरेको हो ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको छ । ‘

चीनसँगको उत्तरी नाका रसुवागढी नजिकै पर्ने टिमुरे बजार सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

Share Now

Leave a comment.