जयपुर(राजस्थान), ११ जेठ (एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत शनिवार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।
राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । राजस्थानले दिएको २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
दिल्लीका लागि समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले ।
करुण नायरले २७ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन जोडे । ट्रिस्टन स्टब्स १४ बलमा २ चौकाको सहयोगमा १८ रनमा नट आउट रहे ।
ओपनर केएल राहुलले २१ बलको सामना गर्दै ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाएका थिए । यसै खेलमा आइपीएल डेब्यु गरेका सेदिकुल्लाह अतल १६ बलमा २ छक्काको सहयोगमा २२ रनमा आउट भए । ओपनर समेत रहेका कप्तान फाफ डु प्लेसिसले १५ बलमा २३ रन जोडे ।
पञ्जाबका हप्रित ब्रारले २ तथा मार्को यानसन र प्रविण दुवेले समान १ । १ विकेट लिए ।
त्यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रनको योगफल तयार गरेको थियो ।
पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले ।
मार्कस स्टोइनेस १६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । विप्रराज निगमको बलमा स्टम्पिङ आउट हुनु पूर्व जोस इग्लिसले १२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।
निगमकै बलमा बोल्ड आउट भएका ओपनर प्रभसिमरन सिंहले १८ बलको सामना गरेर २८ रन जोड्न सफल भए । अर्का ओपनर प्रियाशं आर्य दोस्रो ओभरमा ६ रन जोड्दै आउट भए । निहाल बढेराले १६ बलमा १६ रन जोडे ।
दिल्लीका लागि मुस्ताफिजुर रहमानले ३, कुलदिप यादव र विप्रराजले समान २ तथा मुकेश कुमारले १ विकेट लिए ।
दिल्लीले यो जितका साथ सिजनको अन्तिम खेलको सुखद अन्त्य गरेको छ ।दिल्लीलार्इृ जितेर अंक तालिकाको शीर्षमा रहदै रहँदै पहिलो क्वालिफायर खेल्ने पञ्जाबको लक्ष्यमा धक्का लागेको छ ।
समान खेलमा गुजरातको १८, पञ्जाबको १७, बंगलोरको १७ र मुम्बईको १६ अंक रहेको छ ।


















