काठमाडौं, १२ आषाढ । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ । यस दिन धितोपत्र बजार परिसूचक ४ अंकले घटेर २५९५.७४ बिन्दुमा रोकिएको छ ।
आज विभिन्न कम्पनीका ३ सय ६ स्क्रिप्टको१ करोड ९६ लाख ५० हजार बढी कित्ता सेयरको खरिदबिक्रीबाट रु ७ अर्ब ७८ करोड माथिको कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये १ सय ५५ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९३ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज विकास बैंक, लघुवित्त, जलविद्युत र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसूचक ओरालो लागेका छन् ।
आज घटेको बजारमा पनि ग्रिन विकास बैंक, सप्तकोशी विकास बैंक,बरुण हाइड्रो, पिपल्स हाइड्रो, सुपर मादी हाइड्रो, कर्पोरेट विकास बैंक, न्यादी पावर र सामलिड.पावरको शेयर मूल्य अरुको तुलनामा धेरै बढेको छ । यस दिन रिलायबल समृद्धि योजना, ओम मेगाश्री फर्मास्युटिकल्स, पियोर इनर्जी, जोशी पावर,क्रेष्ट माइक्रो इन्स्योरेन्स,पाँचथर पावर,चन्द्रागिरी हिल्स, सनराइज फस्र्ट म्युचुअल फण्ड,खानीखोला हाइड्रो, ड.ादी ग्रुप पावर लिमिटेडको शेयर मूल्य बढी घटेको छ ।
कारोबारका हिसाबले यस दिन बीपीसी पावर कम्पनी, राँधी, ड.ादी ग्रुप पावर लिमिटेड, सिंगटी हाइड्रो, बरुण हाइड्रो, हिमालयन पावर पार्टनर, सानिमा माई हाइडो पावर, साहस ऊर्जा, युनियन हाइड्रो पावर र युनिभर्सल पावर कम्पनी लिमिटेडको कारोबार बढी भएको छ ।


















