Prakash Adhikari July 1, 2025

 

क्वाललम्पुर(मलेसिया), १७ आषाढ । मलेसियामा जारी एसीसी मेन्स यु-१६ इस्ट जोन कप अन्तरगत आज भुटानसँगको खेलमा नेपालले टस जितेको छ ।

सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका छन् ।

खेल अहिले सोह्रो ओभरको अन्त्यमा छ । नेपालले १८ओभरको अन्त्यमा ओभरमा दुई विकेटको क्षतिमा १०४ रन बनाएको छ ।

नेपालले हालसम्म खेलेका तीनै खेल जितेको छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो। अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ ।

सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउदै नेपाल च्याम्पियन भएको थियो ।

विपिनप्रसाद शर्माको कप्तानमा रहेको नेपाली यु १६ टोली सूर्याशुं कोइराला, परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही रहेका छन् ।

 

 

Share Now