Prakash Adhikari July 20, 2025

काठमाडौं, ४ साउन। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण तय भएको छ । उहाँ आगामी भाद्र ३१ गते औपचारिक भ्रमणमा गएर १७ गते फर्कने कार्यक्रम तय भएको उहाँ निकट स्रोतहरुले जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र मन्त्रालय श्रोतले पुष्टि गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली भाद्र ३१ मा नयाँ दिल्ली गएर १ असोजमा स्वदेश फर्कनु हुनेछ ।

नेपाली कांग्रेससंग गठबन्धन कायम गरी २०८१ असार ३० गते प्रधानमन्त्री बन्नुभएका ओलीले आफ्नो पहिलो भ्रमण भारत हुने बताउनुभएको थियो । तर नेपालसंगको सम्बन्ध उच्च प्राथमिकतामा नपर्दा भारतले चीन,थाइल्याण्ड,स्पेन,लगायतका मुलुकहरुमा औपचारिक र अनौपचारिक भ्रमण गर्नुभयो ।

भारतको औपचारिक भ्रमण नभए पनि उहाँले गत बर्ष संयुक्त राष्ट्रसंघको महासभामा संबोधन गर्न जाँदा र बिमस्टेकको बैंकक बैठकका समयमा भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गरिसक्नुभएको छ ।

Share Now