Prakash Adhikari August 4, 2018

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशहरुसंग व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ ।

उद्योग संगठन मोरङले शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्र्छौं ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले विमस्टेक सम्मेलनका बखत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि व्यापार समस्याको बारेमा कुरा गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हालसम्म देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिबको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नु पर्ने बताउदै भन्नुभयो, “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा,गरिब नेपालबाट सम्पन्न नेपालमा,पछौटेपनबाट आधुनिक नेपालमा,बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ । ”
प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गरि व्यापार सन्तुलन कायम गर्दै र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताउनुभयो।

“हामी आर्थिक परिर्वतन त भनिरहेका छौं तर त्यो बाटो पक्रिरहेका छैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ । यसमा कृषिलाई पनि जोड्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोगको प्रवृत्ति बढेको उल्लेख गर्दै भन्नुभयो “विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन् तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।”

प्रधानमन्त्रीले राजनीतिक स्थिरताको वातावरणमा गतिशील सरकारको अपेक्षा गरेकोले अब सरकारले जनताको अपेक्षा बमोजिमका दाबी गर्नुभयो ।

उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले सहुलियत दिन ब कञ्जुष्याईं नगर्ने बताउदै प्रधानमन्त्री ओलीले मुलुकमा जनतामाथि दोहोरो तेहोरो कर नलिने बताउनुभएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कामका बारेमा एक कार्यपत्र प्रष्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले मन्तव्य राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा मन्त्री र सचिबहरुको पनि उपस्थिति थियो ।

Share Now

Leave a comment.