फुड.लिड.(ताप्लेजुङ), २६ साउन । ललितपुर चर्च ब्वाईज क्लब ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा भारत सिलगुडीको लिजेण्ड फुटबल एकेडेमीलाई १(० झिनो अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।
खेलको १०औं मिनेटमा मनिष जर्गा मगरले गरेको गोल नै खेलको निर्णायक सावित भयो। लिजेण्डका एक खेलाडीले रेड कार्ड पाएपछि लिजेण्ड १० खेलाडीमा सीमित भएको थियो। विजयी टोलीका विश्वास चौधरीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको छ।
लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र दोस्रो टोलीले ३ लाख ५२ हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्।
मंगलवार अन्तिम क्वाटरफाइनलमा सलहेश फुटबल क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ।


















