Prakash Adhikari August 20, 2025

काठमाडौँ, ४ भदौः  मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४ सय ४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ।

क्यापिटलले शेयर बिक्रीमा राखेका कम्पनीहरुमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार३७२ कित्ताको न्यूनतम मूल्य रु.३०० र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य रु.३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९ सय ६८ कित्ताको न्यूनतम मूल्य रु.३३० र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३ सय १५ कित्ताको न्यूनतम मूल्य रु।१०० र न्यूनतम आवेदन १ हजार ३ सय १५ कित्ता शेयरहरु बिक्रीमा राखिएका छन्।

बढी मूल्य कबोल गर्नेलाई बिक्री गरिने लिलाम बढाबढको खरिदमा राखिएका यी शेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु १०० तिरेर मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ः ०० बजेभित्र बुझाउनुपर्नेछ।

प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११ः०० बजे कार्यालयमा खोलिनेछ। यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका शेयरहरु उच्चतम दर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ।

मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने जनाएको छ । थप जानकारीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल,काठमाडौं,info@muktinathcapital.com वा Website:www.muktinathcapital.com मा सम्पर्क गर्न सकिनेछ।

Share Now