गुवाहाटी (आसाम), १३ भदौः भारत भ्रमणमा रहेको नेपालको टी ए ले आज भ्रमण श्रृखला अन्तरगत आसाम टीमसंग दोस्रो खेल खेल्दै छ । दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिड. रोजेको छ ।
पाँच खेलको शृङ्खला खेल्न आसाम पुगेका नेपाल ए ले हिजा पहिलो खेल खेलिसकेको छ । हिजोको खेलमा बर्षाको कारण डिएसएल मेथडबाट नतिजा निकाल्दा नेपाल पराजित घोषित भएको थियो । आजको खेलमा नेपालले विजयी हुने लक्ष्य लिएको छ ।
आज नेपालले कप्तान अनिलकुमार साहको नेतृत्वमा शुभ कंशाकार,देव खनाल, विवेक यादव,सन्दीप जोरा,पवन सर्राफ, आकाश चन्द,वशिर अहमद,कमलसिंह ऐरी,आदिल आलम र युवराज खत्रीलाई मैदानमा उतारेको छ ।
मंगलबार गुवाहाटी आईपुगेको नेपाली टोलीले यहाँ पाँच खेल खेल्ने छ । बिहिबार देखि भएको खेल सेप्टेम्बर १ मा सकिने छ।

डे । नाइट हुने दुवै समयमा हुने खेलमा पहिलो खेल पराजित भए पनि श्रृखला जित्ने लक्ष्य नेपालको रहेको छ ।
हिजो भएको श्रृखलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको थियो।
भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको थियो । आसामले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पछयाएको नेपालले आठ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई डक वर्थ लेविस (डिएसएल) नियमका आधारमा विजेता घोषणा गरिएको हो ।
खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कङ्साकार ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाका थिए ।
बलिङतर्फ आसामका मरिनमोय दत्त र आकाश सेनगुप्ताले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो ।
आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित कश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले दुई÷दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिएका थिए।


















