काठमाडौं, २५ भाद्र । चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले क्षतिग्रस्त बनाएका छन् ।
आन्दोलनकारीले कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाएका थिए।
सीजी इलेक्ट्रोनिक्सले टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन उत्पादन तथा एसेम्बल गर्छ।
सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक हो।


















