Prakash Adhikari September 24, 2025

चितवन, ८ असोज । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा मंगलबार अपरान्ह गएको पहिरो तत्काल खुल्ने संभावना नभएकोले वैकल्पिक सडक मार्ग उपयोग गर्न सूचना जारी गरेको छ ।

जिप्रका चितवनका अनुसार ठूलो पहिरोले सो सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। तत्काल सडक खुल्ने सम्भावना छैन।

यस सडक खण्ड प्रयोग गर्ने सवारी धनी, संघसंस्था तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

यस सडकको वैकल्पिक मार्गहरूमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती र गैंडाकोट, धादिङको नौबिसे र तनहुँको खैरेनीटार रहेका छन् ।

प्रशासनले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। सडकमा कुनै समस्या परेमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूसँग सहयोग लिन पनि भनिएको छ।

सडक खुलाउन हरदम प्रयत्न भइरहेको र आवागमन सम्भव भएपछि पुनः सूचना गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

Share Now