क्वालालम्पुर(मलेशिया) १८ असोजः मलेशिया भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आज भैरहेको श्रृखलाको दोस्रो खेलमा आयोजक राष्ट्र मलेशियाबाट ९२ रनको लक्ष्य पाएको छ ।
नेपाल र मलेशियाबीच भएको दोस्रो अन्तरराष्ट्रिय ट्वान्टी -२० खेलमा मलेशियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रन मात्र जोड्न सक्यो ।
मलेसियाको बायुमास ओभलमा भएको टस हारेर ब्याटिड. गरेको आयोजक टिमका तर्फबाट ऐना हामिजा हासिमले नटआउट ५० रन जोडिन । त्यस्तै विनिफ्रेड दुराईसिंघमले १५, महिरा इज्जाती इस्माइले ८ र मास एलिसाले एक रन जोडे ।
मलेशियालाई रोक्ने क्रममा नेपालका सुमन विष्टले दुई र कविता कुँवरले एक विकेट लिए ।
श्रृखला अन्तरगत गत १६ असोजमा भएको अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको थियो ।


















