Prakash Adhikari October 29, 2025

काठमाडौं, ११ कार्तिक । पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेपालको शेयर बजार आज घटेर बन्द भएको छ।

बुधबार धितोपत्र बजार परिसूचक ५.१७ अंक घटेर २५६६.१६ विन्दुमा झरेको छ।

यस दिन धितोपत्र बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय २१ स्टकको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्रीबाट ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खानी खोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ज्योति विकास बैंक बण्ड २०८७ को मूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ भने बुटवल पावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत बढेको हो भने व्यापार उपसमूहको परिसूचक २ प्रतिशत बढेको हो।कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२० प्रतिशत घटेको छ।

Share Now