Prakash Adhikari August 20, 2018

 

काठमाडौ   ४ भदौ । फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार झा सोमबार बिहान आफ्नै कोठामा घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार झा बसेको कोठाको ढोका बिहानसम्म नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुगेर त्यहाँको ढोका खोल्दा झा मृत्त अवस्थामा फेला परेका थिए ।

उनीसँगै एउटा चक्कु पनि फेला परेको छ ।

करीब ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको लामाले बताए ।

परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झा फ्रान्समा नेपालका तर्फबाट ‘चिफ अफ प्रोटोकल’ राजदूत हुने पहिलो व्यक्ति हुन् ।

झाको हत्याको आशंकामा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरु झाको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामा हुन। घ

Share Now

Leave a comment.