Prakash Adhikari November 6, 2025

 

कोलम्बो(श्रीलंका), २० कार्तिक । नेपाली महिला भलिबल यु-१९ टोलीले श्रीलंकामा जारी काभा महिला यु -१९ च्याम्पियनसिपमा आज घरेलु टोलीलाई पराजित गरेको छ।

नेपालले श्रीलंकालाई ३-१ सेटमा हराएको थियो। नेपाल २५-१८,२६-२४,१९-२५,२५-२० ले विजयी भएको थियो।

नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। कीर्गिस्तान २२-२५,२५-१४,१८-२५,२५-२२,१५-९ ले विजयी भएको थियो।

च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ।

राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

Share Now