Prakash Adhikari November 8, 2025

 

काठमाडौं, २२ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणाली सुचारु भएको छ । लाइटिड.मा समस्या आएर साँझ साढे ५ बजेबाट बन्द भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र अवतरण लाइटिड. प्रणालीको मर्मतपछि सुचारु भएको छ।

विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पालेले दिएको जानकारी अनुसार लाइटिड. प्रणाली बनेसंगै विमानस्थल सञ्चालनमा आएको हो ।

लाइटिङमा समस्या आउँदा नेपाल आउने अन्तर्राष्ट्रिय उडानका जहाजहरु केही आकाशमा ‘होल्ड’मा गएका थिए भने केहीलाई नजिकको अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको थियो । आन्तरिक उडानका जहाजलाई भने संबन्धित विमानस्थलमा रोकिएको थियो ।

रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।

Share Now