Prakash Adhikari November 11, 2025

काठमाडौं, २५ कात्तिक। शेयर बजारमा झिनो सुधार भएको छ । अघिल्ला तीन कारोबार दिन लगातार झरेको सेयर बजार मंगलबार ३.२१ अंक बढेर २५६५ अंकमा अडिएको छ ।

आज सुरुवाती कारोबारपछि करिब साढे १ बजेसम्म ओरालो लागेको नेप्से त्यसपछि सम्हालिएको हो ।

आव शेयर बजारमा १ सय ४२ कम्पनीको मूल्य बढ्दा १ सय २ स्क्रिप्त को घट्यो भने १० को स्थिर रह्यो । अघिल्लो दिन ४ अर्ब ५१ करोडको कारोबार भएकोमा बजारमा आज ३ अर्ब ६२ करोडको कारोबार भएको छ ।

समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । समूहगत हिसाबमा आज बैंकिङ ०.०७, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.५० तथा व्यापार ०.६९ प्रतिशत बढे ।

त्यस्तै अन्य ०।६७, माइक्रोफाइनान्स ०।०५, लगानी ०।२९, होटल तथा पर्यटन ०.३८, फाइनान्स ०.६१ तथा विकास बैंक ०.४७ प्रतिशत घटेका छन्।

आज चार कम्पनीको सेयर मूल्यले पोजेटिभ सर्किट हान्यो । १० प्रतिशतले शेयर मूल्य बढेका कम्पनीमा सबै हालै सूचीकृत भएका कम्पनी छन् । बन्दीपुर केबुलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ६.८८, इस्टर्न हाइड्रोपावरको ६.२९ तथा स्वस्तिक लघुवित्तको ४ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावर छन् ।

Share Now