पोखरा(कास्की) १ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको नाम रायसहित केन्द्रमा पठाइने बताउनुभयो । “प्रदेशका नौ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भइसकेको छ, मनाङ र मुस्ताङबाट नाम आउने क्रममा छ”, उहाँले भन्नुभयो, “सबै जिल्लाको नाम आइसकेपछि रायसहित केन्द्रमा सिफारिस गर्छौं ।”
केन्द्रले एक निर्वाचन क्षेत्रबाट तीन जना सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न भने पनि क्षेत्रीय समितिले धेरै जनाको नाम पठाएकाले प्राप्त भएका सबै नाम केन्द्रमा पठाइने सभापति शर्माले बताउनुभयो । निर्वाचनमा जित्ने सम्भावना भएका, मतदातामाझ लोकप्रिय, पार्टीमा योगदान पु¥याएको र सक्षम व्यक्तिकाबारेमा रायसहित केन्द्रमा नाम सिफारिस गरिने उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १८ निर्वाचन क्षेत्र छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकीमा कांग्रेसले १० स्थानमा जितेको थियो ।
हिमाल लम्साल/रासस काठमाडौँ, १४ असोजः गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो मानवीय र भौतिक […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, १७ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]