Prakash Adhikari December 23, 2025

काठमाडौँ, ९ पौष । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको छ ।

विघटित प्रतिनिधिसभाका सांसदहरुको हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।

कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दर्ता गराउनुभएको थियो । आज त्यसमा थप ६० सांसद हस्ताक्षर दर्ता गरिएको खातीले बताउनुभयो ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गर्नुभएको बताइएको छ ।

विघटित प्रतिनिधिसभाका सांसदहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल पनि हुनुहुन्छ।

एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसक्नुभएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सीता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले रिट दायर गरिसक्नुभएको छ । एमालेले मङ्सिर १० गते र कांग्रेसका सांसदहरूले मङ्सिर २३ गते रिट दर्ता गर्नुभएको थियो ।

अहिलेको हस्ताक्षर बुझाइएपछि पुनर्स्थापनाको काम गर्ने बहुमत सांसद पुग्छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसदको आवश्यक पर्छ । अहिले हस्ताक्षर बुझाउने २ दलका सांसदको सङ्ख्या जोड्दा १ सय ४३ हुन्छ ।

एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो ।

बहुमत सांसदले माग गरेपछि प्रतिनिधिसभा पुनर्स्थापना गर्न सहज हुने कांग्रेस–एमालेको बुझाइ छ ।

रिट निवेदन दर्ता गराउने निवर्तमान कांग्रेस सांसदहरु
१)चन्दा चौधरी

२) बद्री प्रसाद पाण्डे

३) डा. प्रकाश शरण महत

४) पूर्ण बहादुर तामाङ

५) जीवन परियार

६) डा.चन्द्रकान्त भण्डारी

७) पुष्पबहादुर शाह

८) डा.नारायण खड्का

९) मनोरमा शेरचन

१०) मोहन आचार्य

११) रामकृष्ण यादव

१२) राजेन्द्रकुमार के.सी.

१३) विनाकुमारी थनैत

१४) विनोद कुमार चौधरी

१५) अन्जनी श्रेष्ठ

१६) शंकर भण्डारी

१७) मैना कार्की

१८) रमेश रिजाल

१९) डिगबहादुर लिम्बु

२०) रामहरी खतिवडा

२१) रमेश लेखक

२२) डा. शशांक कोईराला

२३) नारायण प्रकाश साउँद

२४) ज्ञानेन्द्र बहादुर कार्की

२५) प्रकाशमान सिंह

२६) तेजुलाल चौधरी

२७) दिपक गिरी

२८) सन्तोष चालिसे

२९) राजेन्द्र बजगाई

३०) ईश्वरीदेवी न्यौपाने

३१) रामनाथ अधिकारी

३२) दिलेन्द्रप्रसाद बडू

३३) दिनेशकुमार यादव

३४) मन्जु खाण

३५) महेन्द्रकुमार राय

३६) ऐनबहादुर शाही ठकुरी

३७) सीता गुरुङ

३८) माया राई

३९) सरिता प्रसाई

४०) डिल्लीराज पन्त

४१) टेक बहादुर गुरुङ

४२) विष्णुकुमार कार्की

४३) किशोर सिंह राठौर

४४) संगिता मण्डल धानुक

४५) कल्पना चौधरी

४६) अजयकुमार चौरसिया

४७) राजु थापा

४८) वीरबहादुर वलायर

४९) खमबहादुर गबुर्जा

५०) देवप्रसाद तिमलसेना

५१) कान्तिका सेजुवाल

५२) सुनिलकुमार शर्मा

५३) रुपा वि.क.

५४) दुर्लभ थापा क्षेत्री

५५) रमा कोइराला पौडेल

५६) सरस्वती बजिमय

५७) अम्बिका बस्नेत

मंसिर २३ गते रिट निवेदन दर्ता गराउने निवर्तमान सांसदहरु
१.श्यामकुमार घिमिरे,
२.सुशीला थिङ,
३.दीपक खड्का,
४.जाबेदा खातुन जागा,
५.सिता राना,
६.नागिना यादव,
७.शान्ति बिक,
८. आशा बिक

अन्य दलका थप सांसद

१ गोमा लाभ सापकोटा,जनमत पार्टी
२. योगेन्द्र मण्डल, स्वतन्त्र सांसद
३ हसिना खातुन, जनता समाजवादी पार्टी,अशोक राई समूह

 

 

Share Now