Prakash Adhikari December 24, 2025

काठमाडौं, ९ पौष । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक १।३७ अंक बढेर २५८५.८७ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३४ स्टकको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर कम्पनी र हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबारमा आएका ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने तेह्रथुम पावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिड. समूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ।

यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

Share Now