Prakash Adhikari January 28, 2026

पोखरा, १४ माघ। नेपाल पुलिस क्लबले छैटौं टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सहज जित निकालेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार सम्पन्न तेस्रो खेलमा पुलिसले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो ।

जितसँगै पुलिसले चार खेलबा ८ अंक पुर्‍याएको छ। गण्डकी ९ अंकसहित शीर्ष स्थानमा रहँदा पर्वत भलिबल संघ ९ अंकसहित दोस्रो स्थानमा छ।

Share Now