Prakash Adhikari January 30, 2026

 

काठमाडौं, १६ माघ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाई एक दिने तालिम प्रदान गरेको छ ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रम अन्तर्गत छनौट भएका २ सय ८० जना
अभिकर्ताहरुलाइ धुलिखेलस्थित होटल सारथिमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

उहाँले, विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडीआरटीको लक्ष्य हासिल गर्ने उपायको बारेमा प्रशिक्षण दिनुभएको थियो ।कम्पनीका उपप्रमुख कार्यकारी
अधिकृत स्मृतिराज कडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफूले आत्मसात गरेको अभिकर्ता पेशालाई व्यावसायिक बनाउने
उदेश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा बार्षिक योजना जारी गर्दै आइरहेको र यसै सन्दर्भमा अभिकर्ताहरुलाई उत्कृष्ट
प्रशिक्षण दिने गरि प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताउनुभयो ।

यो योजनामा देशैभरबाट ७ सय भन्दाबढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको उहाँले बताउनुभयो । साथै उहाँले शाखा
स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशीलप्रताप राणाले यश प्रकारको तालिमबाट अभिकर्ताहरूले आफ्नो पेशामा उत्कृष्टता हासिल गरि प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गर्नसक्ने बताउनुभयो ।

कार्यक्रममा साहभागी अभिकर्ताहरुले यस्ता उत्कृष्ट तालिमबाट आगामी दिनमा बीमा ब्यबसायमा अझ प्रगति गर्ने प्रेरणा मिलेको बताएका थिए भने सम्मानित हुने अभिकर्ताहरुले सम्मान प्राप्त गर्दा आफ्नो मिहिनेतको फल प्राप्त भएको र आगामी दिनमा अझ मिहिनेतका साथ आफ्नो पेशालाई अगाडि बढाउने बताउनुभएको थियो ।

Share Now