Prakash Adhikari February 1, 2026

 

काठमाडौं, १८ माघ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँ निर्धाण गरिएको छ।

यसअघि गत बिहीबार सुनको मूल्य हाल सम्मकै सबैभन्दा उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५६५ रुपैयाँले घटेर ५५०० रुपैयाँ निर्धारण गरिएको छ।

Share Now