काठमाडौँ, २७ माघः स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु ३ लाख ५ हजार ५ सय र एक तोला चाँदीको मोल रु ५ हजार २ सय ४० कायम भएको छ ।
सोमबार एक तोला सुन रु ३ लाख ४ हजार ६ सय र त्यति नै परिमाणको चाँदी रु ५ हजार २ सय ५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ५ हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


















