काठमाडौं, २८ माघ । बुधबार नेपालको शेयर बजार दिनभर उतार चढाब गर्दै अन्तिम समयमा लगभग स्थिर बनेर मंगलबारकै तहमा आएर रोकिएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन भने करिब स्थिर रहेको हो।
यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ।
नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय २९ स्टकको कारोबार भयो । जसमा १ सय १३ स्टकको बजार भाउ बढ्यो भन १ सय ३३ को घट्यो भने १३ स्टकको मूल्य अघिल्लो कारोबार दिनकै तहमा रह्यो ।
बुधबार विभिन्न कम्पनीका २ करोड २२ लाख ८२ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन रिडी पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।
Top Gainers
| Symbol | Close Price | Pt. Change | % Change |
|---|---|---|---|
| RIDI | 334.50 | 29.50 | 9.67 |
| SHEL | 328.00 | 26.20 | 8.68 |
| AKJCL | 385.00 | 25.90 | 7.21 |
| GHL | 260.00 | 14.00 | 5.69 |
| PHCL | 299.00 | 13.50 | 4.73 |
| TPC | 407.40 | 17.40 | 4.46 |
| SHPC | 545.00 | 22.20 | 4.25 |
| HURJA | 281.30 | 11.40 | 4.22 |
| GBIMESY2 | 9.48 | 0.36 | 3.95 |
| SFEF | 9.94 | 0.35 | 3.65 |
कारोबारमा आएको सुमर माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.३९ प्रतिशत घटेको छ।
Top Losers
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ६२ करोड रुपैयाँ नाघेको छ भने सिंगटी हाइड्रो इनर्जीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
Top Turnover
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी उपसमूहहरुको परिसूचक यस दिन सामान्य अंक घटेको छ।


















