Prakash Adhikari February 17, 2026

काठमाडौँ, ५ फाल्गुन । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Share Now