Prakash Adhikari March 13, 2026

काठमाडौं, २९ फागुन । शुक्रवार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला २ हजार ८ सय रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ४९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Share Now