Prakash Adhikari September 14, 2018

काठमाडौं, २९ भदौ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा निगमका पूर्व महाप्रबन्धक मदन खरेललाई नियुक्त गरेको छ ।

निगममा सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटालाई हटाएर उहाँलाई सदस्य बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

सञ्चालक समितिको अध्यक्ष रहनुभएका सचिवलाई प्रतिस्थापन गरेको हुनाले केही समयभित्र नवनियुक्त सञ्चालक खरेललाई अध्यक्ष नियुक्त गर्ने संभावना रहेको बताइन्छ ।

वाईड बडी मकालु बिहिबारदेखि भूमिस्थ

नेपाल वायुसेवा निगमले साउन १० गते काठमाडौं उतारेका एअरबस ३३० २०० सेरिजको बाईड बडीको े मकालु जहाज बिहिबारदेखि त्रिभुवन अन्तराष्टिय विमानस्थल काठमाडौंमा भूमिस्थ भएको छ । जहाजको बडी कुच्चिएकोले जहाज भूमिस्थ भएको हो ।

बिहिबार दिल्ली गएर काठमाडौं फर्केपछि जहाज भूमिस्थ भएको छ । निगमका प्राविधिकहरुका अनुसार जहाज इन्दिरा गान्धी अन्तराष्टिय विमानस्थलमा ग्राउण्ड इक्विपमेण्टसंग ठोक्किएको अनुमान छ ।

भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको यो जहाजको सामान राख्ने तथा निकाल्ने ढोका कुच्चिएको छ । ब्यागेज र कार्गो ओसार्ने टर्ली र अन्य उपकरण ठोक्किएकोले जहाज कुच्चिएको हो बताइन्छ ।

निगमको चालक दलले यो जानकारी दिल्लीबाटै गराएको भए जहाज दिल्लीमै भूमिस्थ हुने थियो । जहाज कुच्चिएपछि निर्माताको अनुमति बिना चलाउन पाईदैन । त्यसका कारणले हावाको दबावमा असर परेर उडानमा असन्तुलन कायभ भै दुर्घटनाहुने जोखिम हुन्छ । जहाज काठमाडौ अवतरण गरेपछि निगमका चालक दलले इन्जिनियरिड. विभागलाई खवर गर्यो र उडान रोकियो ।

जहाज बिहिबारैदेखि भूमिस्थ भएकोले निगमका अन्तराष्टिय उडानहरु थप प्रभावित् भएका छन् । शुक्रबार बिहान निगमले बाईड बडीको सट्टा बोइङ ७५७ मा उडायो।

त्यसैगरी बेलुकीकोलागि बैंककबाट फर्किँदै गरेको अन्नपूर्णा नामक अर्को वाइडबडी विमानलाई उडाइयो ।

‘निगमसँग भएका एयरबसका ३२० २०० सेरिजका दुई न्यरोबडी जहाज मध्ये सगरमाथा नामक जहाजमा चरा ठोक्किएपछि ८ दिनदेखि ग्राउन्डेड छ।

दुईटा जेट विमान ग्राउन्डेड भएपछि तीनवटा विमानमार्फत निगमले उडान गर्दै आएका ८ वटा गन्तव्यको उडान अस्तब्यस्त भएको छ । शुक्रबार रातिको दुबई उडान शनिबार दिउँसोकालागि सरको छ । बिलम्बित उडानका कारण निगमले काठमाडौंबाट दुवाई जाने र दुबाईबाट काठमाडौं आउने दुवै थरि यात्रुलाई होटलमा राख्नुपरेको छ।

Share Now

Leave a comment.